तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समितिको बैठक स्थगित

Gathabandhan baithak meating baluwatar

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको हो ।

आज बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने भनिएको थियो । यसअघि मंगलबार पनि पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। बैठकले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थअनुसार नै गर्ने सहमति गरेको थियो ।

वैशाखमै गर्न सहमत भए पनि निर्वाचन मिति भने घोषणा भएको थिएन । सोबारे आजको बैठकले सरकारलाई सुझाव दिनेछ । निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ ।

बुधबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाखमा संसदीय चुनाव गर्ने र मंसिरमा स्थानीय निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए । तर, संवैधानिक व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...