केही स्थानहरुमा हिमपात र वर्षा हुने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

Mausam badali

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान मौसम विश्लेषण गर्दै जारी गरेको विज्ञप्तिअनुसार हाल प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ ।

बिहीबार केही स्थानहरुमा हिमाली क्षेत्रहरुमा व्यापक हिमपात हुनेछ भने शुक्रबार केही स्थानहरुमा हल्का वर्षासहित हिमपात हुनेछ ।

महाशाखाकाअनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभर अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोधसमेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...