राहदानी वितरण स्थगित, बुकिङ तथा टोकन पनि बन्द

Nepali passport

काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ । उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ ।

विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ ।

उपचारका लागि विदेशमा जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा राहदानीका लागि इमेल ([email protected]) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्नुपर्नेछ । सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई दिनभित्र इमेलबाटै जानकारी गराउने छ ।

साथै जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...