‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी

Sixya mantralaya

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको छ ।

यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले यस कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ ।

प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।

अघिल्लो सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु गरेको थियो भने वर्तमान सरकार बनेपछि त्यसमा ‘पढ्दै कमाउँदै कार्यक्रम‘ पूरक बजेटमार्फतबाट थपेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...