निर्वाचन आयोगमा आज सर्वदलीय बैठक : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल हुने

Nirwachan aayog

काठमाडौँ । निर्वाचन आयोगको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको हो ।

‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दल बैठकमा सहभागी हुनेछन् । १२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा निर्वाचनको तयारी आयोगले थालेको छ ।

निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...