आज देशभर आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो लाग्ने

Mausam badali

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

पश्चिमी वायूको सामान्य प्रभावले प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ। त्यसैगरी पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...