सर्वोच्चको अन्तरिम आदेश खारेजी गर्न प्रचण्डले दिएको रिट निवेदन पुनः संयुक्त इजालसमा

Cm prachanda 01

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेश खारेजी गरि पाउँ भनि दिएको निवेदन फेरि संयुक्त इजलासमा पुगेको छ ।

माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधीहरु अन्य दलमा समावेश भएपछि पार्टीले कारवाही गरेको थियो ।

पार्टीको कारवाहीका आधारमा निर्वाचन आयोगले पनि कारवाही सदर गर्दै जनप्रतिनिधिहरुको जिम्मेवारी तोकेको थियो । तर सर्वोच्च अदालतमा जनप्रतिनिधिहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी भएको थियो।

त्यसपछि पुनः माओवादी अध्यक्ष प्रचण्डले पार्टीले गरेको कारवाही सदर गरि पाउन भनि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदन फेरि संयुक्त इजलासमा आएको छ ।

यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै संयुक्त इजलासले ‘पूर्ण इजलास’मा पठाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...