स्थानिय चुनावको मिति तोक्न सर्वदलिय बैठक बोलाउँदै आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानिय तहको चुनावको मिति तय गर्न सर्वदलिय बैठक बोलाउने भएको छ । आगामी बैशाखमा स्थानिय चुनाव गर्न प्रस्ताव गरेको आयोगले राजनीतिक दलहरुसँग परामर्श गर्ने भएको हो ।
पुस ३० गते ११ बजे बस्ने सर्वदलिय बैठकले स्थानिय चुनावको मिति, राष्ट्रिय सभा निर्वाचनको तयारी र मतदाता नामावली संकलन अभियान लगायतका विषयमा छलफल हुने हुने जनाइएको छ ।
२०७४ बैशाखमा सुरु भएको स्थानिय चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यविधि ५ जेठ २०७९ मा सकिदै छ । उनीहरुको कार्यविधि सकिनु भन्दा २ महिना अघि चुनाव गरिसक्नेपर्नेमा आयोगले जोड दिँदै आएको छ ।
प्रतिकृया दिनुहोस