खराब मौसमको कारण विराटनगर विमानस्थलको उडान ठप्प

Biratnagar airport 2022

काठमाडौँ । खराब मौसमका कारण विराटनगर विमानस्थलबाट बुधबार मध्यान्हसम्म उडान हुन सकेको छैन।

विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार मंसिरयता पहिलोपटक खराब मौसमका कारण आज मध्यान्हसम्म विमानस्थलबाट उडान हुन सकेको छैन।

बिहानैबाट बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल खुल्न नसकेको हो। विमानस्थल प्रमुख खरेलले मौसममा सुधार आएको खण्डमा र विमान कम्पनीले सहमति दिए राति ११ बजेसम्म पनि विमानस्थन सञ्चालन गर्न सकिने जानकारी दिए।

बिहान १० बजे विमानस्थल खुल्छ। यात्रुले विमानस्थलमा भीड बढ्दै गएको छ। विमानस्थलका अनुसार एटीआर विमानका लागि कम्तीमा १ हजार ६ सय मिटर र सीआरजे जेटका लागि कम्तीमा २ हजार मिटरको भिजिबिलिटी हुनुपर्दछ।

तर अहिले भिजिविलिटी कम रहेको हुँदा विमान उडान र अवतरणका लागि समस्या हुने बताइएको छ।हाल विराटनगरबाट बुद्ध, यती, श्रीएयर, सौर्यलगायतका विमानले उडान भर्दै आएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...