एमाले प्रदेश अधिवेशनको मिति सर्‍याे, अब २८ र २९ माघमा हुने

Uml office

काठमाडौं । कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ ।

यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकाभित्र २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

यही माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकेको थियो भने १६ जिल्लाको अधिवेशन पनि बाँकी छ । कोरोना संक्रमणको ग्राफ पुनः उकालो लाग्न थालेपछि सरकारले कुनै पनि सभारसम्मेलन नगर्न आग्रह गरेको छ । सरकारी मापदण्ड तथा कोरोना जोखिमलाई दृष्टिगत गर्दै अधिवेशन सारिएको एमालेले जनाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनको मिति सारेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...