काठमाडौँ उपत्यकाका तीनै प्रजिअको बैठक सकियो, सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिने
सार्वजनिक सेवा लिन अनिवार्य रुपमा खोप कार्ड देखाउनु पर्ने
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीचको बैठक सकिएको छ। कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि नियन्त्रणका प्रयासहरुबारे काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसार तीन जिल्लाका सिडिओबीच समग्रमा उपत्यकाको अवस्था र संक्रमण नियन्त्रणका लागि अपनाउन सकिने उपायबारे छलफल भएको हो ।
गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिन तथा सार्वजनिक सेवा लिन आउनेहरुले अनिवार्य रुपमा खोप कार्ड देखाउनु पर्ने नियम लागू गर्न निर्देशन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल भइरहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
मंगलबार अपरान्हसम्म जिल्लागत संक्रमण नियन्त्रणका लागि अपनाउने उपायहरु सम्बन्धमा सूचना जारी हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस