विवादमा तानिएपछि नारायणहिटी दरबार संग्रालयका कार्यकारी निर्देशक दाहालले दिए राजिनामा
काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।
नारायणहिटी दरबार रेस्टुरेन्ट ठेक्का प्रकरणमा मुछिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपान समक्ष दाहालले राजीनामा दिएका हुन्। मन्त्रालयका सहसचिव टोकराज पाण्डेले निर्देशक दाहालले राजीनामा दिएको पुष्टि गरे।
मंगलबार मन्त्रालयले ठेक्का प्रकरणमा निर्देशकको मिलेमतो रहेको देखाएपछि दाहालले राजीनामा दिएका हुन्।
सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै ठेक्का प्रक्रियामै गडबडी भएको निचोड निकालेको थियो।
प्रतिकृया दिनुहोस