कोरोना संक्रमण उच्च भएपछि निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन  

Corona

एजेन्सी । भारतमा सम्पूर्ण निजी कार्यलय घरबाटै सञ्चालन हुने भएका छन् ।

कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए) ले अधिकांश कार्यालयलाई आधा कर्मचारीले कार्यलयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो ।

त्यस्तै, सरकारी कार्यलयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यलयबाट काम गरेका छन् । अत्यावश्यक सेवालाई भने छुट दिइनेछ । निजी बैंक, अत्यावश्यक सेवा दिने कार्यलय, विमा कम्पनी, औषधी कम्पनी, वित्तिय कम्पनी, वकिलका कार्यलय र कुरियर सेवालाई छुट छ ।

सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरु बन्द भएका छन् । उनीहरुले होम डेलिभरी सेवा भने दिएका छन् । दिल्लीमा सोमबार १९ हजारमा कोभिड देखिएको छ । संक्रमण दर २५ प्रतिशत रहेको छ । यो दर ५ मेपछिको उच्च हो । दिल्लीमा सोमबार एकैदिन १७ जनाको मृत्यु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...