पूर्वराजा ज्ञानेन्द्रले भने, देशको अस्तित्व नै संकटमा परेको छ

Ex king gyanandra

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रणालीको नाम लोकतन्त्र वा अन्य जे सुकै भएपनि त्यसले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन् । ३०० औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश दिँदै उनले अहिले राष्ट्रियताका आधार स्तम्भमाथि प्रहार भइरहेकोसमेत बताएका छन् । उनले अहिले देशमा परायहरुको चलखेल भइरहेकोसमेत टिप्पणी गरेका छन्।

उनले देश र जनताको प्रगति नहुने कुनै पनि तन्त्रको अभ्यासमा समय खेर फाल्न नहुने भन्दै नेपालको वर्तमान लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध गरेका छन् । उनले राजनीति प्रणाली साधानमात्र भएको उल्लेख गर्दै साधान परिवर्तनलाई महान उपलब्धी भनिएको उल्लेख गरेका छन् ।

‘राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन । जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जे सुकै चयन गरिनु, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’पूर्वराजा शाहले भनेका छन्,‘प्रणाली केवल साधन हुन्। साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन् ।’

राष्ट्रियताका आधारहरु माथि प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उनले भनेका छन् ।

‘राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं । देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्,’ शाहले सन्देशमा भनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...