आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको ओलीको दाबी  

185238074 2856647167985769 7724122328820840337 n

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको दाबी गरेका छन्।

गृहजिल्ला झापाको चन्द्रगढीमा नेपाल निजामती कर्मचारी संगठनको भवन आइतबार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी पनि उनले गरेका छन्।

‘तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ’ उनले भने, ‘तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन।’ सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेकोसमेत अध्यक्ष ओलीले आरोप लगाएका छन्। 

ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलन रोकेर शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध गएको पनि आरोप लगाएका छन्। 


  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...