एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत चयन
काठमाडौँ । नेकपा (एमाले) रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत चयन भएका छन्
जिल्लामा जारी ७ औं अधिवेशन अन्तर्गत बन्दसत्र पछि निर्वाचन प्रक्रिया सुरु हुनु अगावै तत्कालीन जिल्ला उपाध्यक्ष प्रेम तामाङले आफ्नो दाबी फिर्ता गरेपछि श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
बाँकी पदका लागि पनि सहमतिको प्रयास अन्तिमसम्म गर्ने एमाले रामेछापको तयारी छ । सहमति नभए आजै चुनावी प्रक्रिया सुरु हुनेछ ।
प्रतिकृया दिनुहोस