काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सरकारले बढायो ट्याक्सी भाडा, न्यूनत भाडाँ ६० रुपैयाँ कायम
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सीको भाडा बढाएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट ट्याक्सी भाडा बढाएको हो ।
अब काठमाडौँ उपत्यकामा ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ । उक्त निर्णयअनुसार ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्नेछ ।
त्यस्तै ट्याक्सी प्रयोग गर्नेवित्तिकै सेवाग्रहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।
प्रतिकृया दिनुहोस