काठमाडौँमा आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा सुरु, सबै पालिकाबाट लिन सकिने

National card

काठमाडौँ । काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट आइतबारदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारदेखि काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

गएको मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भीड लाग्दै आएको छ ।

भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको विभागले जनाएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी अर्थात ई–पासपोर्टको अनलाइन आवेदन लिने सेवा छैन ।

यसअघि विद्युतीय राहदानी बनाउन काठमाडौँ आउने सेवाग्राहीका लागि ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश–२ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौामा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...