माओवादी केन्द्रका नेता शक्ति बस्नेत र सत्या पहाडीलाई पनि कोरोना संक्रमण

19059403 10207557920700799 7495505038643877789 n

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् ।

यसको जानकारी सत्या पहाडी आफैंले सामाजिक सन्जालमार्फत् दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका धेरै नेता(कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल र मातृका यादव संक्रमित छन् । यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, वाइसिएल नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, सुमन देवकोटा, सुवोध सिर्पाली लगायत पनि संक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...