गृहमन्त्रालयद्धारा ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर
काठमाडौं । गृह मन्त्रालयले ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले पुस २३ को मन्त्रीस्तर निर्णयबाट सिडिओ हेरफेर गर्ने निर्णय गरेको थियो ।
सल्यानमा विपिन आचार्य, काभ्रेमा हुमकला पाण्डे, नवलपरासीमा सुमन घिमिरे, धनुषामा सुरेन्द्र पौडेल र कालिकोटमा रामहरि शर्मालाई प्रमुख जिल्ला अधिकारी खटाइएको छ । साथै गृहले दुई सहसचिव र दुई उपसचिवलाई पनि काज सरूवा गरेको छ ।
बन्दुप्रसाद बास्तोला र शिवराम पोखरेललाई गृह मन्त्रालय ल्याइएको हो । लक्ष्मीदेवी खतिवडा र कृष्णप्रसाद आचार्यलाई पनि गृह मन्त्रालयमा ल्याइएको छ ।
प्रतिकृया दिनुहोस