काठमाडौँ उपत्यकाका प्रजिअको संयुक्त बैठक बस्दै
काठमाडौँ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आइतबार दिउँसो बस्न लागेको हो ।
कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । पछिल्ला केहीदिनदेखि कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ ।
काठमाडौँ उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । शनिबार काठमाडौँमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस