डीएनए रिपोर्ट नआउँदै धरौटीमा छुटे निर्मला पन्त हत्या प्रकरणमा जोडिएका भारतीय नागरिक

Nirmala panta

धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कानूनी प्रावधान बमोजिम एक हजार धरौटीमा छुटेको बताए ।

भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हुसेनलाई हालै नियन्त्रणमा लिएको हो ।

प्रजिअ पाण्डेले हुसेनविरुद्ध जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाएको बताउँदै निर्मला प्रकरणसँग सम्बन्धित भएरनभएको आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

तर कञ्चनपुर प्रहरीले उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो । यद्यपि प्रहरीले भने उक्त विषयमा आधिकारीक रुपमा बोलेको छैन ।

पन्त प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्दा हालसम्म खुलेका शंकास्पदमध्ये ‘भेरिफाइ’ गर्न बाँकी रहेकालाई सोधपुछ गर्ने क्रममा उनलाई नेपाल ल्याइएको थियो । ‘नेपाल आउने वित्तिकै डीएनए परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएका छौं’ उनी भन्छन्, ‘यद्यपि रिपोर्ट आइसकेको छैन ।’

प्रारम्भिक सोधपुछमा चाहिँ उनले इन्कारी बयान दिएका छन् । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए । त्यही आधारमा प्रहरीले अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...