निर्मला पन्तको विषयमा सरकार मौन बसेको अध्यक्ष ओलीको आरोप

Kp oli 16

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

काठमाडौँको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौँको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे ।

‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’

११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...