नारायणहिटीमा बन्दै गरेको रेष्टुरेन्टको संरचना भत्काउन सुरु

1605966204 jfyxc

काठमाडौँ । सरकारले नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टको लागि निर्माण भएका संरचना भत्काउन सुरु गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि गठित छानबिन समितिले रेष्टुराँ परिसरको पर्खाल भत्काइन लागेको दरबार  संग्रहालयमा कार्यरत कर्माचारी दिपेश बज्राचार्यले बताए।

पूर्व मन्त्री योगेश भट्टराईको पहलमा बन्न लागेको रेस्टुरेन्टबारे चौतर्फी बिरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले  कडा एक्सन लिएका थिए । 

नारायाणहिटी संग्रहालय परिसरमा बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो।

उनले भनेका थिए, ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने। पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ। त्यसको संरक्षणको निमित्त चाहे मन्त्रीस्तरबाट होस्। चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौं। नारायणहिटी राजदरवारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ।’

पर्यटनमन्त्री आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन समेत गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...