संसदको गतिरोध अन्त्य गर्न उच्चस्तरीय संयन्त्रले पहल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

Gyandra karki   ghath bandhan

काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा छलफल गरिएको बताए। संसद् अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको भन्दै उनले संसद् सुचारु गर्न सरकारको जत्तिकै भूमिका प्रतिपक्षको पनि हुने बताए।

‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँचदलीय गठबन्धनको संयन्त्रले मूल रूपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनबारे छलफल केन्द्रित गरेको छ। र, यो बैठक हिजोकै बैठकको निरन्तरता रहेको छ। र, अर्को विषय संसद् लामो समयदेखि अवरुद्ध छ। यसरी संसद् अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसदलाई सुचारु गर्नेबारे पनि छलफल भएको छ। संसद् सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भूमिका र कर्तव्य रहन्छ। त्यसैले संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...