एमालेको जिल्ला अधिवेशनमा ओलीको सम्बोधन : एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने दाबी     

Capture 3434

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले यसपालि राष्ट्रिय सभाको निर्वाचनमा एमालेले ‘प्रतिकूल’ परिणाम आउनसक्ने बताएका छन्।

‘तर त्यो हाम्रो जनमत होइन। अहिले भोट हाल्नेहरू पहिला नै चुनिएका हुन्’ उनले भने ‘त्यो बेला अर्कै परिस्थितिमा चुनिएका जनप्रतिनिधिहरू हुन्। उनीहरूले नै भोट हाल्ने हो।’

उनले एमालेको केही भोट ‘अपवित्र गठबन्धन’ले दुरूपयोग गर्दा एमालेको केही कम परिणाम आउनसक्न बताए। ‘तर पनि हामी एक्लै त ठूलो पार्टी नै हो’ उनले भने ‘यस्तो परिस्थितिमा हाम्रो अलिकति कम परिणाम आयो भनेर आत्तिनुपर्ने अवस्था छैन।

आज सुरू भएको जिल्ला अधिवेशनहरूलाई पार्टी मुख्यालयबाट भर्चुअल सम्बोधन गर्दै उनले भने ‘यो हामीलाई उनीहरूको अन्तिम प्रहार हो। हामी आम चुनावमा पहिलो हुन्छौं।’

उनले नेकपा एमालेलाई कुनै पनि गठबन्धन नचाहिने र एक्लै चुनावमा जाने पनि बताए। ‘हामीलाई कुनै पनि गठबन्धन चाहिन्न्। नेकपा एमाले एक्लै मैदानमा लड्नसक्छ र पहिलो हुनेछ’ उनले भने।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...