माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित   

1615614532 ue1ce

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ । यही पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक आगामी माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार कार्यालयका कर्मचारीहरु र केही केन्द्रीय सदस्यहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित भएको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष भेटघाटसमेत बन्द गरिसकेका छन् । हालै काठमाडौंमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले माओवादी केन्द्रको २९९ सदस्यीय केन्द्रीय समितिमा २३६ जनामात्र चयन गरेको थियो ।

त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेपनि अन्य पदाधिकारी भने चयन नगरी स्थगित भएको थियो ।

माओवादी विधानअनुसार अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ । पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरहेको छ । महासचिवमा बर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ दाबेदारको रुपमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...