उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी
काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसिरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकार सञ्चालनदेखि आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा छलफल भइरहेको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिको बैठक बिहीबार पनि बसेको थियो ।
प्रतिकृया दिनुहोस