नारायणहिटी परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्छु : मन्त्री आले

Prema ale

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका बिषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले एक पटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे । यस्तै, सर्वदलिय बैठकमा निजगढ बिमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीलगायत सबै दल सहमत भएको उनले जानकारी दिए ।

काठमाडौँ बिमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तराष्ट्रिय बिमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमिन बिमानस्थलको नाममा आइसकेको जानकारी दिए ।

मन्त्री आलेले बिमानस्थल नजिकको नदी संरक्षणका साथै टाङ्गीया वस्ती स्थानान्तरण गरिने बताए । उनले बिमानस्थललाई अघि बढाउनका लािग बिभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...