प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित, भ्रमण रोकिने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।यद्यपि नेपाल वा भारत सरकारले अहिलेसम्म औपचारिक रूपमा देउवाको भारत भ्रमणबारे केही पनि जानकारी दिएको छैन ।
पछिल्लोसमय भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनका संक्रमणको जोखिमका कारण जनवरी ९ देखि आयोजना हुने दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
त्यसका लागि प्रधानमन्त्री देउवा २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्ने र २६ गते उक्त समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।
सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो ।
प्रतिकृया दिनुहोस