‘नेपाली संस्कृति बचाऔं राष्ट्र्रिय महाअभियान’ लाई ओलीको साथ

Niraula oli

काठमाडौँ । दुईदशक भन्दा बढी समय देखि चेतनामूलक अभियान संचालन गर्दै आएको सामाजिक संस्था परिवर्तन नेपालले पछिल्लो पटक नेपाली संस्कृति बचाऔं अभियान चलाउँदै आएको छ ।

पछिल्लो समयमा नेपाली संस्कृति र देशको पहिचान माथि बैदेशिक हस्तक्षेप बढेकाले अभियानको रूपमा संस्कृतिको बचाउ गर्न अभियान संचालन गरेको अभियानको सचिवालयले जनाएको छ ।

यसै सन्दर्भमा अभियानका अभियन्ताहरूले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी देशमा बढिरहेको सांस्कृतिक अतिक्रमण बारे ध्यानाकर्षण गराएका थिए भने २१ गते बुधबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवासमा भेट गरेका छन् ।

भेटका अबसरमा ओलीले आफ्नो सभ्यता ईतिहास र संस्कृति जोगाउन जरूरी रहेको बताए ।ओलीले सभ्यताको श्रृष्टी नै आफ्नो भुमीबाट भएको कुरा गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै ईतिहास माथि न्याय हुने बताए ।

परिवर्तन नेपालबाट संचालित नेपाली संस्कृति बचाऔं राष्ट्र्रिय महाअभियानका अभियन्तासंग बुधबार आफ्नै निवाशमा भएको भेटमा ओलीले सभ्यता र संस्कृतिको संरक्षण र बिकाशमा लाग्नेहरूलाई सधै आफ्नो साथ रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

चलचित्रकर्मी तथा महाअभियानका संयोजक मोहन निरौलाले पूर्व प्रधानमन्त्री ओलीलाई महाअभियानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही अबसरमा महाअभियानका अभियन्ताले ओलीलाई नेपालको संस्कृति झल्कने प्रतिकात्मक छांयाचित्र हस्तान्तरण गरेका थिए ।

नेपाली संस्कृतिको प्रतिक छाँयाचित्रमा उल्लेख गरिएका विम्वबारे डिजाईनर तथा अभियानका सदस्य सुन्दर श्रेष्ठले व्याख्या गरेका थिए । ध्यानाकर्षण पत्रमा नेपालमा बढ्दै गैरहेको सबै धर्म संम्प्रदायको धर्मान्तरणले नेपालको संस्कृति विस्थापित हुने खतरा बढेको र देशको पहिचान नै मासिने अबस्थामा पुगेकोले यसतर्फ सबै नागरिक र जिम्बेवार पक्षको ध्यान जानुपर्ने कुरा बिशेष रूपमा औल्याईएको छ ।

यसैगरी बिदेशी चलचित्रको निर्वाध प्रदर्शनबाट एकातिर नेपाली चलचित्र बिस्थापित हुने खतरा बढेको र बिदेशी चलचित्रको कारणबाट नेपाली भाषा कला संस्कृतिमा गम्भीर असर परिरहेको कुरा पनि उल्लेख गरिएको छ ।

नेपाली संस्कृति बचाऔं महाअभियानका अभियन्ताहरु मोहन निरौला, सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज भेटवाल र विश्बदीप घिमिरेसहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, बरिष्ठ हास्य कलाकार उत्तम केसी, जुना श्रेष्ठलगायतले ओलीसँग भेट गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...