जिल्ला कमिटीका लागि एमालेले तोक्यो तीन बुँदे मापदण्ड
काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशन पौष २३ गते हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड तोकेको छ । विभागले यी मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको हो ।
मापदण्डहरु :
१.पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
२.सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।
३.एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसारको हुनेछ ।
प्रतिकृया दिनुहोस