राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम   

Nirbachan aayog

काठमाडौं । यहि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने कार्यक्रम रहेको छ ।

१९ जना राष्ट्रिय सभा सदस्यको लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यस्तै, विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको निर्वाचन तालिका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...