राष्ट्रियसभा निर्वाचन : फेरिए एमालेका दुई उम्मेदवार   

Amale

काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार परिवर्तन गरेको छ ।

यसअघि एमालेले १९ जनाको नाम टुंगो लगाएर सार्वजनिक गरिसकेकोमा अहिले भने दुई उम्मेदवारको नाम फेरेर नयाँ राखिएको छ ।

प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन भएका हुन् ।

प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराललाई एमालेले उम्मेदवार बनाएको हो । उनी मोरङका पूर्व सांसद पनि हुन् ।

त्यस्तै गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीको सट्टामा अर्जुन कुमार सुनामलाई पठाउने निर्णय भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...