मनाेमानी ढङ्गले क्याम्पस प्रशासनसंग मिलेर बानेश्वर कलेजमा शुल्कबृद्धी गर्ने अध्यक्ष बुढा निलम्बित
अध्यक्ष बुढाले गुन्डागर्दी सैलीमा ताला ताेडफाेड
काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा मनलाग्दी ढङ्गले शुल्कबृद्धी गर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी ) बानेश्वर बहुमुखी समिति, शान्तिनगरका अध्यक्ष मुकेश बुढालाई निलम्बित गरेको छ । (काेभिड-१९) काेराेना भाइरसकाे महामारीमा मनलाग्दी ढङ्गले अध्यक्ष बुढाले क्याम्पस प्रशासनसंग मिलेर शुल्क बृद्धी गरेका थिए ।
अध्यक्ष बुढालाई क्याम्पस जिल्लाले निलम्बन गरेको हाे । क्याम्पस जिल्ला समिति,काठमाडौंका अध्यक्ष मदन ढकालद्वारा हस्तान्तरण विज्ञप्तिमा भनिएको छ, उपराेक्त सम्वन्धमा तपाईं क. मुकेश बुढालाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) बानेश्वर बहुमुखी क्याम्पस समितिको अध्यक्षकाे जिम्मेवारी संगठनको निति बमोजिम अगाडि नबढेको र संगठनकाे निर्यण बमोजिम कमिटीलाई अगाडि नबढाएकाेले र स्पष्टीकरण साेध्दा समेत चित बुझ्दाे नभएको कारणले अाजका मितिबाट अर्को निर्णय नहुर्दा सम्मकाे लागि निलम्बन गरिएको उल्लेख छ ।
यस अघि मनोमानी ढंगले शुल्क वृध्दी गरेको भन्दै बानेश्वर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी )का ईन्चार्ज, उपाध्यक्ष, सचिव, काेषाअध्क्षय, सहसचिवलेे तालाबन्दी गरेका थिए भने, अध्यक्ष बुढाले गुन्डागर्दी सैलीमा ताला ताेडफाेड समेत गरेका थिए ।
अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिको कार्यवहाक अध्यक्षको जिम्मेवारी संदिप लुईटेललाई दिएको छ ।a
प्रतिकृया दिनुहोस