सत्तारुढ गठबन्धनको निस्कर्ष : एमालेले जितेका सिटमा भागबण्डा, पुरानो सिट कायमै राखिने
कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको हो ।
आगामी माघदेखि खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको जनाइएको छ । त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबण्डा गरिने बुझिएको छ ।
नेकपा (एमाले) बाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपाले लिने सहमति भएको छ भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले एक एक सिट लिनेगरी सहमति जुटेको छ ।
आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
प्रतिकृया दिनुहोस