निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

Nirmala panta

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

१३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको समेत मृत्यु भएको थियो ।

१५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए । विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी छ ।

निकार अलि कञ्चनपुरस्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ ।

कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए । उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिरहेका छौं ।’

यसअघि पक्राउ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो । अपराध अनुसन्धानमा गम्भीर लापरवाही गरेको र प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्तसमेत भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...