जुवाखालबाट निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्षसहित १४ जना पक्राउ

Juwa khal

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताए ।

ती प्रहरी अधिकृत अनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । उनीहरूले जुवा खेलमा मोबाइल बैकिङको प्रयोग गरेका कारणले थप रकम खेल भएको जानकारी दिए । प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...