माओवादी केन्द्रमा केन्द्रिय सदस्य चयनमा सकस : स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दै छ । आइतबारको बैठकले केन्द्रीय सदस्य तथा पदाधिकारीको विषयमा छलफल गरी अन्तिम टुंगो लगाउने एक नेताले बताए ।
पार्टीको गत आइतबारदेखि जारी महाधिवेशन केन्द्रीय सदस्य तथा पदाधिकारीको टुंगो लगाउन नसक्दा हालसम्म सकिएको छैन ।
आइतबार (आज) दिउँसो १ बजेसम्म पनि सहमतिमा चयन गर्न नसके २ बजेदेखि निर्वाचन प्रक्रियामा जाने भन्दै शनिबारको बन्दसत्र स्थगित भएको थियो ।
प्रतिकृया दिनुहोस