उत्तराखन्डका गभर्नरद्वारा नेपाली भूभाग गुंजी, नाबी र कुट्टीको भ्रमण

Uttarakhand   visit

काठमाडौँ । भारतको उत्तराखण्डका गभर्नर लेफ्टिनेन्ट जनरल गुरमित सिंहले भारत सरकारले अतिक्रमण गरेको नेपाली भूभाग गुंजी, नाबी र कुट्टी क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका अवसरमा सिंहले सुरक्षा निकाय र स्थानीयवासीसँग भेट गरेका थिए ।

बोडर रोड्स अर्गनाइजेसन (बीआरओ) अन्तर्गतको सीमा सडक निर्माणका गतिविधि अवलोकनका क्रममा सिंह अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार सो क्षेत्रको भ्रमण गरेका हुन् ।

सो क्षेत्रलाई भारतले आफ्नो दाबी गर्दै आएको छ । सो अवसरमा टाढाको गाउँमा र बीआरओ पोस्टमा पहिलो पटक पुग्दा आफूलाई खुसी लागेको उनले बताएका थिए ।

सो अवसरमा लेफ्टिनेन्ट सिंहले बीआओले सीमा क्षेत्रको पूर्वाधार विकासमा ठूलो कार्य गरेको दाबी गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...