नेकपा एकीकृतले म्याग्दीमा बनायो एकैसाथ ५ वटा जनवर्गीय संगठन

Yes news myagdi 1

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले म्याग्दीमा एकैपटक ५ वटा जनवर्गीय संगठनको जिल्ला कमिटी घोषणा गरेको छ ।

शनिबार म्याग्दीको बेनीमा भएको जिल्ला भेलामा नेपाल दलित मुक्ति संगठन, नेपाल जनजाती महासंघ (समाजवादी), अनेरास्ववियु, समाजवादी प्रेस संगठन नेपाल र युवा संघ नेपालको जिल्ला कमिटीको घोषणा गरेको हो ।

सो भेलाले दीपक परियारको अध्यक्षताका १ सय १ सदस्य नेपाल दलित मुक्ति सङ्गठन, विज्ञान शर्माको अध्यक्षताका ५१ सदस्य अनेरास्वविय जिल्ला कमिटी, करण छन्त्यालको अध्यक्षतामा ८१ सदस्य युवा सघ नेपाल, लोकनाथ भुषालको अध्यक्षतामा ११ सदस्य समाजवादी प्रेस सगठन र मुक्ति पाइजाको अध्यक्षतामा ४५ सदस्य नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को जिल्ला कमिटी घोषणा गरेको छ ।

सो भेलामा नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्माको प्रमुख आथित्यतामा भएको सो भेलामा गण्डकी प्रदेश इन्चार्ज कृष्ण नेपाली, नेकपा (एर्स का केन्द्रिय सदस्य मुना बानियाँ, प्रदेश कमिटी सदस्य बमबहादुर पाइजा, नेकपा (एस) म्याग्दीका अध्यक्ष कृष्ण विश्वकर्मा, अनेरास्ववियु उपमहासचिव राजन शर्मा पराजुली, अनेरास्ववियु स्थायी कमिटी सदस्य कल्पना सापकोटा लगायतले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...