माओवादी केन्द्रको नेतृत्व छान्न चुनावी प्रक्रिया सुरु
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदा बन्दसत्रले पारित गरेपछि अहिले चुनावी प्रक्रिया सुरु भएको हो ।
माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामवली टाँसेको छ । बेलुका पाँच बजेसम्म सहमतिकै आधारमा केन्द्रीय सदस्यको नाम टुंग्याउने र त्यसो हुन नसकेमा चुनाव गर्ने माओवादीले जनाएको छ ।
माओवादीमा १५ सदस्यीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने प्रावधानसहितको विधान मस्यौदा पारित भइसकेको छ ।
प्रतिकृया दिनुहोस