माओवादी केन्द्रको विधान पारित, पदाधिकारीे संख्या बढाउने अधिकार केन्द्रीय समितिलाई  

271133822 117876774077530 6578515976192755733 n

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशनले पार्टी विधान पारित गरेको छ । शनिबार संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ स्थायी समिति सदस्य देव गुङले दिएपछि विधानमा केही परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय सदस्य मनोनित गर्ने प्रतिशतलाई १० बाट १५ मा पुर्याइएको छ ।  केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।

त्यस्तै, पदाधिकारी संख्या बढाउने अधिकार महाधिवेशनले केन्द्रीय समितिलाई दिएको छ । यसअघि केन्द्रीय समितिबाटै विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियो । जसमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...