कुवेतमा एक नेपालीको मृत्यु    

Death

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । रुकुम पश्चिमका ४३ वर्षीय महेश घर्तीको हृदयाघातबाट मृत्यु भएको हो ।

उनलाई हृदयाघात भए लगतै कुवेतको एक अस्पताल लागिएको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । विगत ३ वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका उनी घर फर्कनका लागि टिकट लिएर बसेका थिए ।

मृत्युपछि कम्पनी र परिवारसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो शव नेपाल पठाइने दूतावासले जनाएको छ । उनका श्रीमती, ३ छोरी र १ छोरा रहेको बताइएको छ ।
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...