उपत्यकासहित विभिन्न स्थानमा हुस्सु‚ दिउँसो हिमपातको सम्भावना

Mausam cold wave

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ ।

शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ । दिउँसो देशभरको मौसम बदली हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। प्रधानाङ्गका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ ।

काठमाडौं उपत्यकाको शनिबार बिहानको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर १५ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...