ओलीले भने : सेनापतिहरु नै पार्टी फुटाउन लागे, मेरो बंगाली नबाबकै ताल भयो !

Kp oli 16

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताएका छन् । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफै अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् ।

अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिकेकाले, पार्टी विभाजन गरेकाले आफ्नो सरकार ढलेको स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आरोप लगाए ।

सेनापति नै दलाल भएपछि बंगालमा अंग्रेजविरुद्धको लडाइ सफल हुन नसके ओलीले उदाहारण दिए । 'सेनापतिले नै अंग्रेजको दलाली गरेको भन्दै उनका ज्वाइ पर्नेलाई नियुक्त गरियो तर उ त झन् ससुराबाट नै सिकेको के छाड्थ्यो । गलत मानिसलाई छानेपछि त्यस्तै हालत हुन्छ' ओलीले भने, 'प्रचण्ड र माधव नेपाललाई लिएर पार्टी र सरकार चलाउनु पर्नेमा सेनापतिहरु नै पार्टी फुटाउन लागे बंगाली नबाबकै ताल भयो मेरो ।'

ओलीले वामगठबन्धन गरेर चुनाव जितेको भए पनि आफूलाई काम गर्न नदिएपछि नयाँ जनादेशका लागि जान चाहेको बताए । आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको उनले दाबी गरे । देशमा तीव्र विकास भइरहेकोमा त्यो देख्न नसकेरै विभिन्न शक्तिकेन्द्रले एमाले नेतृत्वको सरकार ढालेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे ।

‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने ।

उनले विदेशबाट फर्केका नेपालीले अब आफैं नेपाल बनाउनुपर्ने संकल्प गर्न आग्रह गरे । हिजो जर्मनी बनाउन बिस्मार्कले जे जस्तो नीति र रणनीति अख्तियार गरे, अब आफूले नेपाल बनाउने दाबी पनि गरे । उनले आफ्नो पार्टीले नेपाल बनाउने पनि उल्लेख गरे । ‘नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो,’ उनले भने ।

'चुनावी तालमेलबाट भोट मागेका थियौं तर त्यो असफल भयो। घोषणापत्रमा भनेअनुसार नभएपछि नयाँ घोषणापत्र लिएर ताजा जनादेशमा जान चाहन्छौं भनेको अधिनायकवाद, तानाशाह र हुँदा हुँदा प्रतिगमन भन्दै बुद्धिजीवीहरु कराउन थाले' उनले भने, 'लोकतन्त्रमा चुनावमा जाँदा प्रतिगमन भयो रे !'

आफ्नो सरकार हुँदा कतै जनता नमारिएको, दमन नभएको र विपक्षीमाथि केही नगरेको बताउँदै उनले बाहिर विश्वविद्यालयमा पढेर आएकाहरुले नै कुरा नबुझेको आरोप लगाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...