सबै काम छोडेर प्रहरीले किन खोजिरहेको छ गधा ?

Donkeys as


प्रहरीले आफ्नो सबै काम छोडेर गधाको खोजीमा उत्रिएको छ । यस्तो खबर सुन्दा अचम्म लाग्ला तर भारतको राजस्थानस्थित हनुमानगढ जिल्लामा लगातार गधाको चोरी भइरहेका कारण प्रहरी गधाको खोजीमा जुटेको हो ।

चोरी गर्नेहरुको खोजी गर्न प्रहरीले समूह बनाएको छ र मानिसलाई आफ्नो गधा घरमा नै राख्न सल्लाह दिएका छन् । हनुमानगढ जिल्लाको नोहर तहसीलको खुइयाँ थाना क्षेत्रका थुप्रै गाउँमा १० डिसेम्बरदेखि नै गधाको चारी भएको समस्या लिएर मानिस थाना पुगेका छन् ।

केही दिनसम्म सुनुवाई नहुँदा स्थानीय जनप्रतिनिधिका साथै गधाका मालिकले २८ डिसेम्बरमा गधाको खोजी गरिदिन माग गर्दै खुइयाँ थानामा धर्ना दिए । प्रहरीले १५ दिनमा गधा भेट्टाइदिने आश्वासन दिएपछि धर्ना समाप्त भयो ।

हालसम्म ७६ गधाको चोरीः
तर २९ डिसेम्बरको राती पुनः गाउँबाट ६ गधा चोरी भए । अब इलाकाका मानिस डराएका छन् र चोरिएका गधाको तत्काल खोजी गर्न माग गरिरहेका छन् ।

नोहरका डेप्युटी विनोद कुमारले बीबीसीसँगको कुराकानीमा भने, ‘यस्तो पहिलो पटक भएको हो । दुई तीन ठाउँबाट गधा चोरी भएको सूचना आएको छ । कसैका चार त कसैको पाँचवटा गधा चोरी भएका छन् । खोजीका लागि हामीले प्रहरीको समूह गठन गरेका छौं । हामी प्रयास गरिरहेका छौं ।’

गाउँका गोठाला पवनसँग ठूलो संख्यामा भेडा छन् । उनका तीनवटा गधा चोरी भएको उनले दाबी गरेका छन् । उनले फोनमा बीबीसीलाई भनिन्, ‘९ तारिखको रातीदेखि नै गधाको चोरी भइरहेको छ । कसैका दुई त कसैका तीन गधा चोरी भएका छन् । हाम्रो गाउँमा हालसम्म १६ वटा गधा चोरी भएका छन् ।’

गधा चोरी भएपछि खुईयाँ थानामा गोठालासँग धर्ना दिन पुगेका माकपादेखि पञ्चायत समिति सदस्य मंगेज चौधरीले बीबीसीसँग भने, ‘गधा चोरीको मामिलाको विषयमा हामीले थुप्रैपटक प्रहरीलाई भेट्यौं । तर प्रहरीले दुईचार दिनको समय मागेका छन् । हामीले गोठालासँग मिलेर २८ डिसेम्बर दिनभरी थानामा धर्ना दियौँ । त्यसको साँझ डेप्युटी एसपीले धर्नामा पुगेर १५ दिनमा गधा खोजिदिने समय मागेका छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...