देशभर आज बिहानैदेखि लाग्यो बाक्लो हुस्सु र कुहिरो, ठाउँ-ठाउँमा हिमपात

Mausam cold wave

काठमाडौं । अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू-भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको । आज बिहान देशभर आंशिक बदली रहेको छ भने धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

यसैको प्रभावको कारण देशभरको मौसम आंशिक बदली भई धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदली भई गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौंमा बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित भएका छन् । भिजीविलिटी कम हुँदा आन्तरिक उडान रोकिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १४ डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...