कोरोना नियन्त्रण गर्न साउदीमा आजदेखि, नेपाली दूतावासद्वारा यस्तो आग्रह

Saudi city

काठमाडौं । पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको छ । सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो ।

बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने सरकारी नियम छ । यस्तै कम्तिमा १.५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचनामार्फत सम्पूर्ण नेपाली श्रमिकलाई यो नियमको पूर्ण पालना गर्न गराउन हुन अनुरोध गरेको छ ।

साउदी अरबमा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेको छ । तथ्यांकअनुसार दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ । साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...