१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्योः कुन जिल्लामा कति शिक्षक माग (सुचीसहित)
काठमाडौं । शिक्षक सेवा आयोगले प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगले सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।
आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ । आयोगले आगामी चैतमा सबै तहको लाइसेन्स परीक्षाका लागि विज्ञापन गर्ने गृहकार्य गरिरहेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस